स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सङ्क्रमित बालबालिकाको उपचारका लागि अस्पतालहरू तयार रहनू’
काठमाडौं, जेठ २१ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाका लागि छुट्याउन अस्पतालहरूलाई आग्रह गरेको...
काठमाडौं, जेठ २१ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाका लागि छुट्याउन अस्पतालहरूलाई आग्रह गरेको छ ।
आज एक पत्रमार्फत सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालहरूलाई पत्र पठाएर मन्त्रालयले २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाको उपचारका लागि प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्न भनेको हो ।
पहिलो र दोस्रो लहरमा प्रौढ तथा युवा व्यक्तिहरू बढी सङ्क्रमित भएको र तेस्रो वा त्यसपछि आउने लहरहरूमा बालबालिका बढी प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै मन्त्रालयले अक्सिजनको व्यवस्थापनसमेत गर्न अस्पतालहरूलाई भनेको हो ।

प्रकाशित मिति: १८:१० बजे, शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











