Kathmandu Press

कर्णालीको बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान

सुर्खेत, जेठ २१ : कर्णाली प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ।प्रदेश सरकारको सिफारिसपछि शुक्रबार प्रदेश प्रमुख...
कर्णालीको बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान

सुर्खेत, जेठ २१ : कर्णाली प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ।

प्रदेश सरकारको सिफारिसपछि शुक्रबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बजेट अधिवेशनको आह्वान गरेका हुन्।

संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कर्णाली प्रदेशको बिहीबार बसेको सर्वदलीय बैठकले वर्षे अधिवेशन अविलम्ब बोलाउन प्रदेश सरकारलाई आग्रह गरेको थियो।

संविधानअनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्छ। बजेट वक्तव्य सार्वजनिक गर्नुअघि सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे बैठकमा छलफल गर्ने प्रचलन छ।

प्रकाशित मिति: १६:५५ बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्