Kathmandu Press

थपिए ६६५३ जना कोरोना संक्रमित, ८६६३ संक्रमणमुक्त 

देशभर कुल २० हजार ८१३ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ६६५३ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिए ६६५३ जना कोरोना संक्रमित, ८६६३ संक्रमणमुक्त 

काठमाडौं, जेठ २१ : गत २४ घण्टामा ६६५३ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर कुल २० हजार ८१३ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ६६५३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै ८६६३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा कोरोना संक्रमणका कारण १०१ जनाको मृत्यु भएको छ। 

यस्तै, काठमाडौं उपत्यकामा १३८४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये काठमाडौंमा ८९७, भक्तपुरमा १८८ र ललितपुरमा २९९ जना रहेका छन् । 
 
प्रकाशित मिति: १६:५५ बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्