पार्टी एकता जोगाउन अन्तिमसम्म लड्नुपर्ने गोकर्ण–योगेशको भनाइ
काठमाडौं, जेठ २१ : एमाले दोस्रो तहका नेता गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टी एकता जोगाउन अन्तिमसम्म लड्नुपर्नेमा जोड दिएका छन्।एमाले वरिष्ठ नेता माधवकुमार...
काठमाडौं, जेठ २१ : एमाले दोस्रो तहका नेता गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टी एकता जोगाउन अन्तिमसम्म लड्नुपर्नेमा जोड दिएका छन्।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको भर्चुअल बैठकको दोस्रो दिन शुक्रबार विष्ट र भट्टराईले त्यस्तो धारणा राखेको जनाइएको छ।
नेपाल समूहको भर्चुअल बैठक बिहिबारदेखि जारी छ। विष्ट र भट्टराई पार्टी एकताका लागि संस्थापन पक्षसँग अनौपचारिक वार्तामा सहभागी हुँदै आएका छन्।
उनीहरूले पार्टीको संरचनालाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काएर जाने विषयलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने धारणा राखेको बताइएको छ।
एमालेको एकतासम्बन्धी आन्तरिक समस्यालाई आन्तरिक संघर्षको विधिबाटै हल गर्न सकिने र त्यसका लागि एकता जोगाउन अन्तिमसम्म लड्नुपर्नेमा उनीहरूले जोड दिएको बैठकमा सहभागी एक नेताले बताए।
उनका अनुसार विष्ट र भट्टराईले ओली समूहका ईश्वर पोखरेल, विष्णु पौडेल, सुबास नेम्बाङ र प्रदिप ज्ञवालीलगायत नेतासँग भएको पछिल्लो छलफलबारे ब्रिफिङसमेत गरेका थिए।











