Kathmandu Press

संवैधानिक इजलास नियमावली संशोधन नगर्ने फुलकोर्टको निर्णय

काठमाडौं, जेठ २१ : सर्वोच्च अदालतका सबै न्यायाधीश (फुलकोर्ट) को बैठकले संवैधानिक इजलास सञ्चालन नियमावली तत्काल संशोधन नगर्ने निर्णय गरेको छ। आज (शुक्रबार) बिहान...
संवैधानिक इजलास नियमावली संशोधन नगर्ने फुलकोर्टको निर्णय

काठमाडौं, जेठ २१ : सर्वोच्च अदालतका सबै न्यायाधीश (फुलकोर्ट) को बैठकले संवैधानिक इजलास सञ्चालन नियमावली तत्काल संशोधन नगर्ने निर्णय गरेको छ। 

आज (शुक्रबार) बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोही सर्वोच्च अदालतमा उपस्थित भएर तथा भौतिक उपस्थिति जनाउन नसक्नेहरू भर्चुअल माध्यमले बैठकमा सहभागी भएका थिए।

बैठकमा हाल संवैधानिक इजलास सञ्चालन नियमावली संशोधन नगर्ने र अहिले कायम रहेको रोस्टरबाटै वरिष्ठताका आधारमा इजलास गठन गर्ने निर्णय भएको बताइएको छ।

फुलकोर्टको बैठकमा कोरोना महामारीका कारण सेवा प्रवाहमा भएको संकुचन र संवैधानिक इजलास सञ्चालन नियमावली संशोधनबारे छलफल भएको थियो। 

बैठकमा सहभागी न्यायाधीशहरूले नियमाली संशोधनलाई अहिले थाती राखेर भएको रोस्टरबाटै विवादरहित ढंगले इजलास गठन गर्न सुझाएपछि प्रधानन्यायाधीश जबरा पनि सहमत भएको बताइएको छ। 

प्रधानन्यायाधीश राणाले आजै मात्र पनि वरिष्तताको आधारमा संवैधानिक इजलास तोकेका थिए। संविधानको धारा १३७(१) अनुसार संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित न्यायपरिषद्को सिफारिसमा अरू चार न्यायाधीश रहने व्यवस्था छ।

प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्