पार्टीको कारवाहीविरुद्ध जनमोर्चाका सांसद थापाद्वारा सर्वोच्चमा रिट
पार्टीले आफूमाथि गरेको कारवाहीविरुद्ध जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद कृष्ण थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
काठमाडौं, जेठ २१ : पार्टीले आफूमाथि गरेको कारवाहीविरुद्ध जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद कृष्ण थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
रिटमा उनले आफूलाई असंवैधानिक तरिकाबाट पार्टीले कारवाही गरेको दाबी गरेका छन् ।
उनको रिटमाथि आइतबारका लागि पेशी तोकिएको छ ।
पार्टी निर्देशन उल्लंघन गरेको आरोपमा जनमोर्चाले उनको सांसद पद खारेज भएको पत्र प्रदेशसभामा दर्ता गराएको थियो । त्यसलगत्तै प्रदेशसभाले उनको पद खारेज भएको सूचना प्रकाशित गरेको थियो ।
प्रकाशित मिति: १५:०८ बजे, शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











