Kathmandu Press

पहिरोले बाँधस्थल पुरिँदा अरुण–३ जलविद्युत आयोजनाको निर्माण ठप्प

संखुवासभा, असार ८ : पहिरोले बाधस्थल पुरिँदा संखुवासभाको मकालु गाउपालिकास्थित निर्माणाधीन अरुण–३ जलविद्युत आयोजनाको काम ठप्प भएको छ।

गत....

पहिरोले बाँधस्थल पुरिँदा अरुण–३ जलविद्युत आयोजनाको निर्माण ठप्प
रासस

संखुवासभा, असार ८ : पहिरोले बाधस्थल पुरिँदा संखुवासभाको मकालु गाउपालिकास्थित निर्माणाधीन अरुण–३ जलविद्युत आयोजनाको काम ठप्प भएको छ।

गतसाता आएको बाढीपहिरोले अरुण तेस्रोको बाँध निर्माण स्थल फ्याक्सिन्दामा सडक भत्किएको छ। त्यहाँ रहेका निर्माण सामग्री पनि पुरिएका छन्। क्रसर पनि पहिरोमै पुरिएको छ।

त्यस्तै, पहिरोले निर्माणाधीन सुरुङ मार्गसम्म जाने सडक पनि भत्किएको छ। जसका कारण नौ सय मेगावाटको अरुण–३ जलविद्युत आयोजनाको काम ठप्प भएको छ।

प्रकाशित मिति: १६:१३ बजे, आइतबार, असार ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्