Kathmandu Press

कठोरतापूर्वक कानुन कार्यान्वयन गरे मात्र उत्पीडित समुदायले न्यायको अनुभूति गर्न सक्छन् : प्रचण्ड

काठमाडौं, जेठ २१ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र कानुनमा भएको व्यवस्था कठोरतापूर्वक कार्यान्वयन गर्न सके मात्र उत्पीडित समुदायहरुले...
कठोरतापूर्वक कानुन कार्यान्वयन गरे मात्र उत्पीडित समुदायले न्यायको अनुभूति गर्न सक्छन् : प्रचण्ड


काठमाडौं, जेठ २१ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र कानुनमा भएको व्यवस्था कठोरतापूर्वक कार्यान्वयन गर्न सके मात्र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्ने बताएका छन्।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिँदै आज (शुक्रबार) उनले भने, ‘आजको विकसित दुनियाँमा पनि जातीय भेदभाव र दलित समुदायमाथिका विभिन्न प्रकारबाट हिंसा भइरहेका छन्। संविधान र कानुनमा भएको व्यवस्था कठोरतापूर्वक कार्यान्वयन गर्न सके मात्र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्छन् ।’

मानिसबाट मानिसमाथि हुने भेदभाव र छूवाछूत २१औं शताब्दीको मानव समुदायका लागि लज्जाको विषय भएको उल्लेख गर्दै उनले यसको उन्मूलन अनिवार्य रहेको बताए। स्थानीय तहसम्म निगरानी संयन्त्र बनाएर जातीय भेदभाव अन्त्यका लागि जुट्न उनले सबैलाई आग्रह गरे।

सोही अवसरमा उनले सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि अहिले गुम्दै जाने खतरा पैदा भएको उल्लेख गरे। त्यसकारण अग्रगामी शक्तिहरुका बीचमा एकताबद्ध पहलकदमीको आवश्यकतामा उनले जोड दिए।

प्रकाशित मिति: १२:३७ बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्