Kathmandu Press

८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने जसपाको तयारी

काठमाडौं, जेठ २१ : जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष आज सरकारमा सहभागी हुने भएको छ। जसपा अध्यक्ष ठाकुर पक्षा ८ मन्त्री र २ राज्यमन्त्रीसहित...
८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने जसपाको तयारी

काठमाडौं, जेठ २१ : जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष आज सरकारमा सहभागी हुने भएको छ। 

जसपा अध्यक्ष ठाकुर पक्षा ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकार सहभागी हुने बताइएकाे छ । ठाकुर पक्षलाई ८ मन्त्रालयसिहत १० मन्त्री दिन प्रधानमन्त्री केपी ओली तयार भइसकेकाे बताइएकाे छ ।

संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो । सरकारमा सहभागी हुने मन्त्रीकाे टुंगो लागिसके पनि  राज्यमन्त्रीको भने टुंगो लागिनसकेको बताइएकाे छ।

जसपा सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्नेछन्।

प्रकाशित मिति: ११:५० बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्