मधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य हुँदैन : थापा
काठमाडौं, जेठ २१ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन्।सरकारले बजेट वक्तव्यमा...
काठमाडौं, जेठ २१ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन्।
सरकारले बजेट वक्तव्यमा ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने जनाएको थियो। त्यसले आशंका पैदा गरेको जनाउँदै थापाले भनेका छन्, ‘खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने छ भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको छ। यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ।’
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना भनाइ राख्दै उनले वातावरणीय सन्तुलन बिगार्ने काम स्वीकार्य नहुने जनाएका छन्। थापाले भनेका छन्, ‘वातावरणीय सन्तुलन बिगार्ने तथा तराई–मधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्विकार्य हुँदैन।’
प्रकाशित मिति: ०९:०० बजे, शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











