Kathmandu Press

जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध : राष्ट्रपति

काठमाडौं, जेठ २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध भएको बताएकी छिन्। जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा...
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध : राष्ट्रपति

काठमाडौं, जेठ २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध भएको बताएकी छिन्। 

जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरूद्ध दृढतापूर्वक क्रियाशील रहन सबैमा आह्वान गरेकी छन्। २०६३ जेठ २१ मा संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि जेठ २१ गते यो दिवस मनाइँदै आएको छ। 

दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपाली समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको समूल अन्त्य हुन नसकेको बताएकी छन्।

उनले छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको भन्दै यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य¸ सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो रहेको औल्याएको छिन्। 

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक तथा रुढिवादी सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता¸सद्‌भाव र सहिष्णुता अभिवृद्धि भई छुवाछुतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना दिएकी छिन्। 

प्रकाशित मिति: ०७:३६ बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्