एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थी परीक्षा दिन बंगलादेश जान पाउने

काठमाडौं, जेठ २० : बंगलादेशले एमबीबीएस अध्ययनरत विदेशी विद्यार्थीहरुलाई परीक्षाका लागि यात्रा अनुमति दिने निर्णय गरेको छ ।
आगामी जुन र जुलाइमा निर्धारित परीक्षामा भाग लिने विद्यार्थीलाई बंगलादेश प्रवेशको अनुमति दिइएको काठमाडौँस्थित बंगलादेशी दूतावासले जनाएको हो । यो सँगै बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी परीक्षाका लागि त्यहाँ जान पाउने भएका छन् ।
नेपालमा रहेका त्यस्ता विद्यार्थीलाई सम्बन्धित कलेजको कागजपत्रसहित सम्पर्क गर्न दूतावासले सूचित गरेको छ । मेडिकल कलेजका कागजात, पासपोर्टको प्रतिलिपि र नेपालको मोबाइल नम्बरसहित नेपालस्थित बंगलादेशी दूतावासको इमेल ठेगाना [email protected] मा पठाउन दूतावासले अनुरोध गरेको हो ।
प्रकाशित मिति: २०:२३ बजे, बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











