Kathmandu Press

प्रधानन्यायाधीशले शुक्रबार बोलाए सर्वोच्चको पूर्ण बैठक

काठमाडौं, जेठ २० : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार (भोलीका) लागि सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् ।सर्वोच्चका एक अधिकारीका अनुसार शुक्रबारको...
प्रधानन्यायाधीशले शुक्रबार बोलाए सर्वोच्चको पूर्ण बैठक

काठमाडौं, जेठ २० : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार (भोलीका) लागि सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् ।

सर्वोच्चका एक अधिकारीका अनुसार शुक्रबारको बैठक गत जेठ १३ गते नै तय भएको थियो । सर्वोच्चले काममा गरेको संकुचनका विषय र विविध विषयमा संवैधानिक इजलास गठनलगायतका विषयमा समेत फुल कोर्टको बैठकमा छलफल हुने बताईएको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धा हेर्न गठित संवैधनिक इजालसमा तोकिएका दुई जना न्यायाधीश अलग भएपछि जेठ १८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २३ गते अर्को इजलास तोकेका छन् । 
 

प्रकाशित मिति: १९:४८ बजे, बिहीबार, जेठ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्