पार्टी फुटतर्फ अगाडि बढेको माधव नेपाल निकटस्थ जनसंगठनहरूको ठम्याइ
पार्टी एकता जोगाउन विधानविपरीत गरिएका निर्णय सच्याउन अध्यक्ष केपी ओलीसँग आग्रह गरेका छन्। अन्यथा पार्टी र आन्दोलन विसर्जनको बाटोमा जान सक्ने भन्दै उनीहरूले अध्यक्ष ओलीलाई सचेत पनि गराएका छन्।
काठमाडौं, जेठ २० : एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहनिकट १७ वटा जनसंगठनले अध्यक्ष केपी ओलीका कारण पार्टी फुटतर्फ अगाडि बढेको निष्कर्ष निकालेका छन्।
उनीहरूले पार्टी एकता जोगाउन विधानविपरीत गरिएका निर्णय सच्याउन अध्यक्ष केपी ओलीसँग आग्रह गरेका छन्। अन्यथा पार्टी र आन्दोलन विसर्जनको बाटोमा जान सक्ने भन्दै उनीहरूले अध्यक्ष ओलीलाई सचेत पनि गराएका छन्।
ती जनसंगठनका प्रमुखहरूले आज (बिहीबार) संयुक्त वक्तव्य जारी गर्दै फागुन २८ यताका अध्यक्ष ओलीद्वारा गरिएका निर्णय सच्याउन पनि माग गरेका हुन्। उनीहरूले पार्टी नेताहरूलाई अवैधानिक ढंगले निष्कासन गरिएको भन्दै त्यसलाई फिर्ता लिन भनेका छन्।



प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











