Kathmandu Press

वैदेशिक रोजगार व्यवसायी संघका अध्ययक्ष गुरुङको राजीनामा

काठमाडौं, असार ८ :  वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले पद छोडेका छन्।

संघको साधारणसभा र निर्वाचनको मिति तोकिएकाले पद छो....

वैदेशिक रोजगार व्यवसायी संघका अध्ययक्ष गुरुङको राजीनामा

काठमाडौं, असार ८ :  वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले पद छोडेका छन्।

संघको साधारणसभा र निर्वाचनको मिति तोकिएकाले पद छोडेको जनाएको छ। संघको असार २७ गते साधारणसभा तोकिएको छ।

उनले विज्ञप्ती जारी गर्दै दुई वर्षे कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। निर्वाचन नहुन्जेलसम्मका लागि प्रथम उपाध्यक्ष रामप्रसाद भान्तनालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन्।

कार्यकाल सकिन लागेकाले पद छोडेको उनले बताए। ‘म पदमा भएपनि नभएपनि बैदेशिक रोजगारमा देखिएका समस्यालाई हल गर्नका लागि निरन्तर रुपमा लाग्ने छु’ उनले काठमाडौं प्रेससँग भने।

 

प्रकाशित मिति: १३:४१ बजे, आइतबार, असार ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्