अर्को सूचना नभएसम्म एमाले स्थायी कमिटी बैठक स्थगित
काठमाडौं, जेठ २० : नेकपा एमाले स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बस्ने भनिएको...
काठमाडौं, जेठ २० : नेकपा एमाले स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । स्थगित गरिएको बैठक कहिले बस्ने भनी तोकिएको छैन।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी दिए। उनका अनुसार बैठकबारे थप आन्तरिक गृहकार्य गर्नुपरेकाले स्थगन गरिएको हो। बुधबार अपराह्न ४ः०० बजे बोलाइएको बैठक आजका लागि सारिएको थियो ।
प्रकाशित मिति: १५:११ बजे, बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











