खुमलटारमा प्रचण्ड निकट नेकपा नेताको छुट्टै भेला
काठमाडौं, असार ८ : नेकपाको राजनीतिक प्रतिवेदनमा बिबाद उत्पन्न भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निकट नेताहरूसँग छुट्टै छल....
काठमाडौं, असार ८ : नेकपाको राजनीतिक प्रतिवेदनमा बिबाद उत्पन्न भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निकट नेताहरूसँग छुट्टै छलफल गरेका छन्।
आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा प्रचण्ड निकट नेकपा नेताहरू सहभागी थिए। छलफलमा प्रचण्ड निकट स्थायी समिति सदस्य सदस्य सहभागी थिए।
भेलामा नेकपाको अब प्रकाशित हुने राजनीतिक प्रतिवेदनबारे छलफल भएको एक नेताले बताए। प्रचण्डले राजनीतिक प्रतिवेदनबारे जानकारी दिएका थिए।
नेकपा सचिवालय बैठक राजनीतिक प्रतिवेदनकै बिबादका कारण अवरुद्ध हुँदै आएको छ। शनिबारको बैठक पनि ‘जनताको जनवाद’ कि ‘जनताको बहुदलीय जनवाद’ भन्ने विवादकै कारण निष्कर्षमा पुगेको थिएन।
एमाले र माओवादी केन्द्र एकीकरण हुँदा ‘जनताको जनवाद’लाई केन्द्रमा राखिएको थियो। नेकपाको राजनीतिक प्रतिवेदनमा त्यही राख्नु पर्ने पूर्वमाओवादी नेताहरूको जोड छ।
तर, पूर्वएमालेका केही नेताहरू जनताको बहुदलीय जनवाद राख्नु पर्ने पक्षमा छन्।
जसका कारण राजनीतिक प्रतिवेदन प्रकाशित गर्न सहमति जुट्न सकेको छैन।






