Kathmandu Press

त्रिवि शिक्षण अस्पतालले लिक्विड अक्सिजन ट्यांक सञ्चालनमा ल्यायो

काठमाडौं, जेठ २० : त्रिवि शिक्षण अस्पताल महाराजगन्जले लिक्विड अक्सिजन ट्यांक सञ्चालनमा ल्याएको छ।कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन थालेपछि उक्त समस्या समाधान...
त्रिवि शिक्षण अस्पतालले लिक्विड अक्सिजन ट्यांक सञ्चालनमा ल्यायो
सांकेतिक तस्बिर

काठमाडौं, जेठ २० : त्रिवि शिक्षण अस्पताल महाराजगन्जले लिक्विड अक्सिजन ट्यांक सञ्चालनमा ल्याएको छ।

कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन थालेपछि उक्त समस्या समाधान गर्न लिक्विड अक्सिजन ट्यांक सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।

बुधबारदेखि २० हजार लिटर क्षमता भएको उक्त ट्यांक सञ्चालन गरेपछि अक्सिजनको अभाव नहुने अस्पतालले जनाएको छ। 

यस्तै त्रिवि अस्पतालमा पानी आपूर्ति गरेजस्तै अक्सिजन पनि आईसीयू, अपरेसन थिएटरलगायत हरेक वार्ड र कोठामा पाइप प्रणालीबाटे पठाउने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, जेठ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्