Kathmandu Press

गण्डकी प्रदेश सांसद कृष्ण थापा जनमोर्चाबाट निष्कासित

पोखरा, जेठ २० : राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई दलबाट निष्कासन गरेको छ। थापालाई निष्कासन गरेको जानकारी प्रदेशसभा सचिवालयमा दिइएको छ ।बिहीबार जनमोर्चाका...
गण्डकी प्रदेश सांसद कृष्ण थापा जनमोर्चाबाट निष्कासित

पोखरा, जेठ २० : राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई दलबाट निष्कासन गरेको छ। थापालाई निष्कासन गरेको जानकारी प्रदेशसभा सचिवालयमा दिइएको छ ।

बिहीबार जनमोर्चाका महासचिव मनोज भट्ट र गण्डकी प्रदेश संसदीय दलकी नेता पियारी थापाले प्रदेश सभा सचिवालयमा थापालाई निष्कासन गरेको जानकारी गराएका हुन् ।

सांसद पदबाट हटाइएको पत्र सचिवालयमा दर्ता भएको सांसद थापालाई पनि जानकारी गराइसकिएको प्रदेशसभाका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: १३:४८ बजे, बिहीबार, जेठ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्