Kathmandu Press

कोरोना महामारीबाट जोगिन पूर्वराजा दम्पत्तीको आग्रह

काठमाडौं, जेठ २० : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मीदेवी शाहले सबैलाई महामारीबाट जोगिन आग्रह गरेका छन्।शाह दम्पत्तीसँगै बसेर भिडियो मार्फत सन्देश दिँदै...
कोरोना महामारीबाट जोगिन पूर्वराजा दम्पत्तीको आग्रह

काठमाडौं, जेठ २० : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मीदेवी शाहले सबैलाई महामारीबाट जोगिन आग्रह गरेका छन्।

शाह दम्पत्तीसँगै बसेर भिडियो मार्फत सन्देश दिँदै आफूहरूको स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैमा आभार व्यक्त गर्दै आम नेपालीलाई स्वास्थ्य रहन आग्रह गरेका छन् ।

सन्देशमा पूर्व राजा शाहले भनेका छन्, ‘हामी दुवै पूर्ण स्वास्थ्य लाभको प्रक्रियामा छौँ । तर देश भित्र र बाहिर महामारीको अवस्थाले हामीलाई चिन्तित बनाएको छ । यो महामारीसँग जुध्नका लागि हाम्रो आन्तरिक पहल र बाह्य सहयोगको खाँचो छ ।’

उनले अग्रपंक्तिमा रहेर महामारीविरुद्ध दिनरात खटिरहेकाहरुलाई धन्यवाद भनेका छन्। सन्देशमा भनिएको छ, ‘अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तालाई धन्यवाद दिन चाहन्छौँ ।’

केही समय अगाडि भारतको कुम्भ मेलाबाट फर्किपछि पूर्व राजा दम्पत्तिमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनीहरु करीब २ साताको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका थिए। 

प्रकाशित मिति: १३:२७ बजे, बिहीबार, जेठ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्