Kathmandu Press

कालो ढुसी संक्रमणबाट कैलालीमा एक पुरुषको मृत्यु

धनगढी, जेठ २० : सेती प्रादेशिक अस्पतालमा कालो ढुसीको संक्रमणबाट एकजनाको मृत्यु भएको छ।म्युकर माइकोसिस पनि भनिने यस रोगबाट कैलालीको बर्दगोरिया-६ का ६५...
कालो ढुसी संक्रमणबाट कैलालीमा एक पुरुषको मृत्यु

धनगढी, जेठ २० : सेती प्रादेशिक अस्पतालमा कालो ढुसीको संक्रमणबाट एकजनाको मृत्यु भएको छ।

म्युकर माइकोसिस पनि भनिने यस रोगबाट कैलालीको बर्दगोरिया-६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

जेठ १७ गते अस्पताल भर्ना भएका उनी मिर्गौला, मधुमेह र मुटुका रोगी थिए। उनी डायलासिसका लागि अस्पताल आएको थिए।

बुधबार उनमा कालो ढुसीको संक्रमण पुष्टि भएको बताइएको छ। आईसीयूमा उपचाररत अवस्थामा उनको बिहीबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार जेठ १८ गते पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आयो। पछि उनको ओठ वरिपरि कालो दाग देखा पर्न थालेको र कालो ढुसीको आशंकामा स्वाब र बायोप्सीमार्फत परीक्षण गर्दा बुधबार त्यही संक्रमण पुष्टि भएको उनको भनाइ छ।

कालो ढुसीको संक्रमण पुष्टि भएसँगै उनलाई सोहीअनुसार उपचार गरिए पनि बचाउन नसकिएको उनले बताए।
 

प्रकाशित मिति: १३:२५ बजे, बिहीबार, जेठ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्