Kathmandu Press

नेपालले बोलाएको बैठकमा नजान ओली पक्षको निर्देशन

नेपालले बोलाएको बैठकमा नजान ओली पक्षको निर्देशन

काठमाडौं, जेठ २० : नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले निर्देशन दिएको छ। 

नेता नेपालले आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएका छन्। समसामियक राजनीतिक घटनाक्रम र पार्टी एकताका विषयमा छलफल गर्न नेपालले आफ्नो पक्षका केन्द्रीय सदस्यको बैठक बोलाएको जनाएको छ। 

नेपालले केन्द्रीय कमिटीको बैठक बोलाएपछि नेपाल पक्षले विज्ञप्ति जारी गरी त्यसमा सहभागी नहुने निर्देशन दिएको छ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङले प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, ‘अध्यक्षको परामर्शमा महासचिवले बैठक बोलाउने वैधानिक व्यवस्था विपरीत पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ। त्यस्तो क्रियाकलापको निन्दा एवं भ्रत्र्सना गर्दछु।’

उनले बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई सचेत गराएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरूलाई पार्टीको विधान र मुलुकको कानून विपरीतको त्यस्ता क्रियाकलापमा सहभागी नहुने सूचित गर्दछु।’
 

प्रकाशित मिति: ०८:३२ बजे, बिहीबार, जेठ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्