Kathmandu Press

एमाले स्थायी समिति बैठक बस्दै, एकताका विषयमा छलफल हुने

काठमाडौं, जेठ २० : नेकपा (एमाले) स्थायी कमिटी बैठक आज फेरि बस्न लागेको छ। आजको बैठकमा एमाले एकताका विषयमा छलफल हुने जनाएको छ। आज अपराह्न...
एमाले स्थायी समिति बैठक बस्दै, एकताका विषयमा छलफल हुने

काठमाडौं, जेठ २० : नेकपा (एमाले) स्थायी कमिटी बैठक आज फेरि बस्न लागेको छ। आजको बैठकमा एमाले एकताका विषयमा छलफल हुने जनाएको छ। 

आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समिति बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए। बुधबार बोलाएको एमाले स्थायी समिति बैठक स्थगित भएको थियो।

आजको बैठकमा एमाले एकताका लागि अहिलेसम्म भएका कामकारबाहीका विषयमा छलफल हुने तामाङले बताए। मंगलबार बसेको स्थायी समिति बैठकले एकताका लागि पहल गर्ने निर्णय गरेको थियो। 

मावधकुमार नेपाल समूहका केही नेतालाई लोभ्याउने पक्षमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली देखिएका छन्। उनी वरिष्ठ नेता नेपाल, नेत्री अष्टलक्ष्मी शाक्य, भीम रावल र रघुजी पन्तबाहेकका नेतालाई एमालेमै फर्काउने योजनामा रहेको जनाएको छ। 

यसका लागि एमाले दोस्रो तहका नेताहरू केही दिनदेखि छलफलमा जुट्दै आएका छन्। तर, वार्ता निष्कर्षमा पुग्न सकेको छैन। 

प्रकाशित मिति: ०७:११ बजे, बिहीबार, जेठ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्