गण्डकी प्रदेशमा थप १३ जनाको मृत्यु
काठमाडौं, जेठ १९ : गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै कास्कीका चार जना रहेका...काठमाडौं, जेठ १९ : गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै कास्कीका चार जना रहेका छन् ।
यस्तै स्याङ्जाका तीन जना, तनहुँका दुई जना, गोरखाका दुई जना र लमजुङका दुई जना कोरोना संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७०७ जना पुगेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा १३ सय ७२ जना कोरोना संक्रमित निको भएको डा. शर्माले जानकारी दिए ।
यसैबीच गण्डकीमा पछिल्लो २४ घण्टामा ८३८ जना कोरोना संक्रमित थपिएका छन् । योसहित गण्डकीमा कूल संक्रमितको सङ्ख्या ४३ हजार ८३५ जना पुगेको छ ।
प्रकाशित मिति: २०:११ बजे, बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१