Kathmandu Press

चिनियाँ कम्पनीले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर सिसीपी मार्फत नेपाल भित्रियो

काठमाडौं, जेठ १९ : चीनको शंघाइमा रहेको प्रशिद्ध स्वास्थ्य कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर बुधबार चिनिया कम्युनिष्ट पार्टी...
चिनियाँ कम्पनीले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर सिसीपी मार्फत नेपाल भित्रियो

काठमाडौं, जेठ १९ : चीनको शंघाइमा रहेको प्रशिद्ध स्वास्थ्य कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर बुधबार चिनिया कम्युनिष्ट पार्टी मार्फत नेपाल भित्रिएको छ । 

कोरोना महामारीको नियन्त्रणका लागि चिनिया कम्युनिष्ट पाटीको आग्रहमा अज एस्किलपियस कम्पनीले उल्लेखित अत्याधुनिक प्रविधिका उपकरणहरु नेपाल पठाएको हो । कम्पनीका प्रमुख लिन हसिन्याङ्गले सिपिसी मार्फत सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर नेपाल पठाइसकिएको जनाएका छन् । 

गत जेठ १२ गते( मे २६) का दिन चिनिया कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपालका सबै राजनीतिक पार्टीका मुख्य नेता सम्मिलित सर्बदलिय जुम बैठकमा कम्पनीका प्रमुख लिन हसिन्याङ्गलले यस्तो महामारीको बेलामा नेपाललाई सहयोग उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे । 

उनले हज्यो किष्लनरंग टेक्नोलोजी गुप्र कम्पनीले पनि नेपाललाई ६ लाख एन नाइन्टी फाइब मास्क उपलब्ध गराएको जनाएका छन् । 

प्रकाशित मिति: १९:०८ बजे, बुधबार, जेठ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्