स्वास्थ्य सामग्री लगायत अत्यावश्यक सामग्री कालोबजारी गर्ने ३७ जना प्रहरी फन्दामा
काठमाडौं, जेठ १९ : कोरोना महामारीका बेलामा अत्यावश्यक स्वास्थ्य साम्रागीहरु र अत्यावश्यक साम्रागीहरुको कालोबजारी गर्ने ३७ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।महामारीको....jpg)
काठमाडौं, जेठ १९ : कोरोना महामारीका बेलामा अत्यावश्यक स्वास्थ्य साम्रागीहरु र अत्यावश्यक साम्रागीहरुको कालोबजारी गर्ने ३७ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
महामारीको समयमा अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिर लगायतका स्वास्थ्य सामग्रीको साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई गत ६ हप्ताको पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कोभिड १९ का कारण सिर्जित विकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने स्वास्थ्य सामग्रीको अत्यधिक माग भइरहेको अवस्थामा विषम परिस्थितिको फाइदा उठाउँदै कालोबजारी गर्नेहरुलाई उक्त अवधिमा देशभरबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान गरिएको छ ।
प्रकाशित मिति: १८:४८ बजे, बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











