Kathmandu Press

‘भेरियन्ट अफ कन्सर्न’ को सूचीमा कोरोनाका चार भेरियन्ट

काठमाडौं, जेठ १९ : विश्व स्वास्थ्य संगठनले कोरोनाका विभिन्न भेरियन्टमध्ये अल्फा, बिटा, गामा र डेल्टा गरी चारवटालाई ‘भेरियन्ट अफ कन्सर्न’ को सूचीमा राखेको...
‘भेरियन्ट अफ कन्सर्न’ को सूचीमा कोरोनाका चार भेरियन्ट

काठमाडौं, जेठ १९ : विश्व स्वास्थ्य संगठनले कोरोनाका विभिन्न भेरियन्टमध्ये अल्फा, बिटा, गामा र डेल्टा गरी चारवटालाई ‘भेरियन्ट अफ कन्सर्न’ को सूचीमा राखेको छ। 

जसमध्ये अल्फा भेरियन्ट विश्वको १ सय ६० वटा देशमा, बिटा १ सय १३ देशमा, गामा ६४ देशमा र डेल्टा ६२ मुलुकमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएयता अल्फा र डेल्टा नामक भेरियन्ट धेरै देखिएको मन्त्रालयका प्रवक्त डा। कृष्ण प्रसाद पौडेल जनाएको छ। ‘नेपालमा यसपालीको लहरमा मुख्यतः अल्फा र डेल्टा नामक भेरियन्ट देखिएको छ,’ उनले भने।

साथै डब्लुएचओले कोरोनाको अन्य केही भेरियन्टहरूलाई पनि ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ को सूचीमा राखेको मन्त्रालयले जनाएको छ। जसमध्ये जिटा, इटा, ठिटालगायत भेरियन्टहरू रहेका छन्। तर यिनीहरूले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने विषय भने अध्ययनकै क्रममा रहेको उनले बताए।
 

प्रकाशित मिति: १७:३५ बजे, बुधबार, जेठ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्