Kathmandu Press

सगरमाथा आरोहणमा ज्यान गुमाउने स्विस नागरिकको शव काठमाडौं ल्याइयो

काठमाडौं, जेठ १९ : सगरमाथाको सफल आरोहणका क्रममा ज्यान गुमाएका स्विस नागरिक अब्दुल वारिचोको शव आज (बुधबार) काठमाडौं ल्याइएको छ।उनको शव लुक्लाबाट हेलिकप्टरमा काठमाडौं...
सगरमाथा आरोहणमा ज्यान गुमाउने स्विस नागरिकको शव काठमाडौं ल्याइयो

काठमाडौं, जेठ १९ : सगरमाथाको सफल आरोहणका क्रममा ज्यान गुमाएका स्विस नागरिक अब्दुल वारिचोको शव आज (बुधबार) काठमाडौं ल्याइएको छ।

उनको शव लुक्लाबाट हेलिकप्टरमा काठमाडौं ल्याइएको हो। सगरमाथा आरोहणपछि फर्किने क्रममा ८ हजार मिटर माथि क्याम्पमा वारिचोको ज्यान गएको थियो।

४० वर्षीय वारिचोको निधन अघिल्लो साता बुधबार बेलुकी ८ बजे भएको हो। पोस्टमार्टमपछि उनको शव दूतावासमार्फत परिवारलाई हस्तान्तरण गरिने जनाइएको छ।

यस सिजनमा सगरमाथा आरोहणका लागि मात्रै पर्यटन विभागले ४४ वटा आरोहण दललाई अनुमति दिएको छ। जसमा ९२ महिला र ३ सय १५ पुरुष छन्।

प्रकाशित मिति: १६:५६ बजे, बुधबार, जेठ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्