जसपा अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्यो : कारबाहीपत्र नियमावलीको ढाँचाअनुसार भएन
काठमाडौं, जेठ १९ : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूचीअनुसार...
काठमाडौं, जेठ १९ : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूचीअनुसार कारबाहीको पत्र नमिलेको भन्दै फेरि पठाउन आग्रह गरेको छ।
ठाकुर र यादवले एकअर्कालाई पार्टीबाट निष्कासन गर्दै कारबाही गरेको पत्र आयोगमा पठाएका थिए। आयोगले अध्यक्ष ठाकुरसँग केन्द्रीय समितिको निर्णयको प्रतिलिपि प्रस्तुत गर्न माग गरेको छ।
ठाकुरले अर्का अध्यक्ष यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई गराउँदै पार्टी दर्ता किताबबाट नाम हटाउन गरेको आग्रह गरेको छन्।
छानबिन आयोगले केन्द्रीय समितिमा भएको निर्णयको हस्ताक्षरसहित प्रतिलिपि राजनीतिक दल दर्ता सम्बन्धी उपनियमावलीको अनुसूची १८ को ढाँचाअनुसार प्रस्तुत गर्न भनेको जनाइएको छ।
अर्का अध्यक्ष यादवलाई पनि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूचीअनुसार नै निवेदन दिन पत्र पठाएको आयोगले जनाएको छ।











