Kathmandu Press

एमाले स्थायी कमिटी बैठक भोलिका लागि सारियो

काठमाडौं, जेठ १९ : एमालेको स्थायी कमिटी बैठक भोलि (बिहीबार) का लागि सारिएको छ।आज (बुधबार) ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा तय गरिएको बैठक...
एमाले स्थायी कमिटी बैठक भोलिका लागि सारियो

काठमाडौं, जेठ १९ : एमालेको स्थायी कमिटी बैठक भोलि (बिहीबार) का लागि सारिएको छ।

आज (बुधबार) ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा तय गरिएको बैठक नेताहरूको व्यस्तताका कारण बस्न नभ्याएका कारण भोलिका लागि सारिएको जनाइएको छ।

पार्टीको आन्तरिक विवाद सल्टाउने र पार्टी एकता कायम गर्ने प्रयासस्वरुप बैठक बोलाइएको थियो। भोलि अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमै बैठक बस्ने जनाइएको छ।

एमालेको बैठक हिजो (मंगलवार) पनि बैठक बसेको थियो। सो बैठकमा पार्टीभित्रको पछिल्लो राजनीतिक गतिविधि र बजेटबारे छलफल भएको थियो।

प्रकाशित मिति: १६:२१ बजे, बुधबार, जेठ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्