सरकारले ढुङ्गा, गिट्टी, बालुवा निकासीको कार्यक्रम ल्याएर नीतिगत भ्रष्टाचार गर्यो : गगन थापा
काठमाडौं, जेठ १९ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले ल्याएको बजेटमा अवैधानिक तवरले ढुंगा, गिटी र बालुवा निकासी गर्ने कार्यक्रम समेट्नु नीतिगत...
काठमाडौं, जेठ १९ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले ल्याएको बजेटमा अवैधानिक तवरले ढुंगा, गिटी र बालुवा निकासी गर्ने कार्यक्रम समेट्नु नीतिगत भ्रष्टाचार भएको बताएका छन्।
प्रतिनिधि सभा विघटन गरेर बेला अध्यादेशमार्फत् ल्याएको बजेटमा नदीजन्य पदार्थ निकासी गरी व्यापार घाटा कम गर्ने भन्दै सरकारले आफ्नाे असली अनुहार र घटिया साेच उजागर गरेकाे थापाको भनाइ छ।
नेता थापाले बुधबार ट्वीट गर्दै सरकारले ल्याएको अवैधानिक कार्यक्रमलाई सफल हुन नदिने र यस्तो कार्यक्रम रोकेरै छाड्ने बताएका छन्।
चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटकपटक रोकेको स्मरण गर्दै थापाले यसको विरुद्धमा लाग्न आमजनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई आह्वान पनि गरेका छन् ।
प्रकाशित मिति: १४:५४ बजे, बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











