Kathmandu Press

विश्वकै ठूलो मासु कम्पनी जेबिएसमा साइबर हमला 

ब्रासिल्ला, जेठ १९ : विश्वको सबैभन्दा ठूलो मासु प्रशोधन कम्पनी जेबिएसमा सोमबार साइबर हमला भएको छ।साइबर हमलापछि जेबिएसले सबै प्रभावित आइटी सिस्टमहरु बन्द...
विश्वकै ठूलो मासु कम्पनी जेबिएसमा साइबर हमला 

ब्रासिल्ला, जेठ १९ : विश्वको सबैभन्दा ठूलो मासु प्रशोधन कम्पनी जेबिएसमा सोमबार साइबर हमला भएको छ।

साइबर हमलापछि जेबिएसले सबै प्रभावित आइटी सिस्टमहरु बन्द गरेको र कम्पनीको ब्याकअप सर्भर भने प्रभावित नभएको बताएको छ।

Hardik ivf

ह्याकरहरुले जेबिएसको कम्प्युटर नेटवर्क ह्याक गरी अस्ट्रेलिया, क्यानडा र अमेरिकामा रहेको शाखा कम्पिनीहरू अस्थायी रूपमा बन्द गरेका थिए। जसले गर्दा हजारौं कामदार प्रभावित भएको जेबिएसले बताएको छ।

फिरौतीको उद्देश्यले रुसका ह्याकरहरूले जेबिएसमाथि साइबर हमला गरेको त्यहाँका कार्यकारी प्रमुखले बताए। अमेरिकी गुप्तचर संस्था एफबिआईले घटनाबारे अनुसन्धान गरिरहेको छ।

‘जेबीएसले ह्वाइट हाउसलाई साइबर हमलाबारे सूचित गरको थियो। ‘हामी चाँडै यस घटनाको मुख्य आरोपितसम्म पुग्नेछौं र आवश्यक कारबाही गर्नेर्छौं,’ ह्वाइट हाउसका प्रवक्ता करिन जिन–पियरेले भनिन्।

जेबीएसले साइबर हमलाको कारण प्रभावित आइटी सिस्टम बनाइरहेको र अधिकांश शाखा बुधबारबाट संचालनमा आउन सक्ने जनाएको छ। 

प्रकाशित मिति: १३:१४ बजे, बुधबार, जेठ १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्