Kathmandu Press

मोबाइल लुटपाटमा संलग्न रहेको आरोपमा चारजना पक्राउ

काठमाडौं, जेठ १९ : मोबाइल लुटपाटमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ परेका छन्।महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले निलोपुलबाटउनीहरूलाई लाई पक्राउ गरेको हो। मोबाइल...
मोबाइल लुटपाटमा संलग्न रहेको आरोपमा चारजना पक्राउ

काठमाडौं, जेठ १९ : मोबाइल लुटपाटमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले निलोपुलबाटउनीहरूलाई लाई पक्राउ गरेको हो। मोबाइल लुटपाटका क्रममा उनीहरूले चोरीकै स्कुटर प्रयोग गर्ने गरेको पाइएको प्रहरीले बताएको छ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानरपालिका–९ घर भई काठमाडौं तार्केश्वर–५ गोलढुंगा बस्ने ३५ वर्षीय राम परियार र ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० घर भई बौद्ध बस्ने २४ वर्षीय सोभित श्रेष्ठ छन्।

पक्राउ पर्ने अन्य दुईजनामा धादिङको गजुरी नगरपालिका–७ घर भई बुढानिलकण्ठ बस्ने २१ वर्षीय करुण उप्रेती र बुढानिलकण्ठकै १९ वर्षीय एलिन अधिकारी रहेको वृत्त महाजगन्जले जनाएको छ। 

उनीहरूले महारागन्ज क्षेत्रमा लुटपाट गर्दै आएको जनाइएको छ।  उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १२:५३ बजे, बुधबार, जेठ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्