ओली सरकारले प्रदेश र स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप गर्योः सिंह
बारा, असार ७ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले संविधानको भावना र मर्म अनुसार शासन सञ्चालन गर्न नसकेको आरोप लगाएका छन्।
बारा, असार ७ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले संविधानको भावना र मर्म अनुसार शासन सञ्चालन गर्न नसकेको आरोप लगाएका छन्।
बाराको सिमरा विमानस्थलमा शनिबार दिउँसो पत्रकारहरुसँग कुराकानी गर्दैै सिंहले केन्द्र सरकारले संविधानको मुल मर्म अनुसार प्रदेश र स्थानीय तहको हक अधिकारमाथि नै हस्तक्षेप गरेको आरोप लगाएका हुन्। उनले सरकार चाहिने भन्दा नचाहिने क्षेत्रतर्फ हात हालेर विवादित बन्दै गएको बताए।
फरक प्रसंमा सिंहले गुठीको मुल मर्म र भावना विपरित प्राधिकरणमार्फत जग्गा जमिनमा चलखेल गर्न सरकारले गुठी विधेयक ल्याएको आरोप लगाए। उनले गुठी विधेयक ल्याएर सरकारले शिष्ट र सभ्य रुपमा सञ्चालित समाजलाई बिथोल्न लागेकाले कांग्रेसले सडकदेखि सदनसम्म आवाज उठाएर विधेयक फिर्ता गर्न दबाब दिएको बताए।
उनले प्रतिपक्षी दलको नेता बोल्न खोज्दा नदिनु संसदीय अभ्यासको विपरित भएको बताए। ‘संसारभर संसद प्रतिपक्षीको हुन्छ। प्रतिपक्षी दलको नेताले बोल्न खोजेका बेला बोल्न समय दिइन्छ,’ उनले भने,‘विधि र प्रक्रिया अनुसार बोल्न खोज्दा संसदमा बन्देज लगाउनु आपत्तिजनक छ।’






