Kathmandu Press

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु

ताप्लेजुङ, जेठ १९ : पौडी खेल्ने क्रममा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेका १९ वर्षीय दिनेश चौहानको मृत्यु भएको छ।

काबेली खोलामा मंगलबार पौडी खेल्ने क्रममा बेपत्ता उनको शव आज बिहान ७ः ०० बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बेपत्ता युवकको शव फेला परेका बताए । मंगलबार पौडी खेल्ने क्रममा सिरिजंघा–२ आम्बेगुदिन र सिदिङ्वा–६ मेहेले जोड्ने काबेली खोलास्थित निर्माणाधीन पुल नजिकबाट दिनेश बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १२:५२ बजे, बुधबार, जेठ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्