Kathmandu Press

चीनमा बर्डफ्लुको भेरियन्ट एच१०एन३ मानिसमा पनि भेटियो

काठमाडौं, जेठ १९ : चीनमा पहिलोपटक मानिसमा पनि बर्डफ्लुको भेरियन्ट एच१०एन३ देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार चीनको जियान्सु प्रान्तमा बस्ने ४१ वर्षीय एक...
चीनमा बर्डफ्लुको भेरियन्ट एच१०एन३ मानिसमा पनि भेटियो

काठमाडौं, जेठ १९ : चीनमा पहिलोपटक मानिसमा पनि बर्डफ्लुको भेरियन्ट एच१०एन३ देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार चीनको जियान्सु प्रान्तमा बस्ने ४१ वर्षीय एक पुरुषमा बर्डफ्लुको भेरियन्ट एच१०एन३ को संक्रमण पुष्टि भएको हो।

समाचारअनुसार ती पुरुषमा कोरोना संक्रमण पनि देखिएको थियो तर अहिले संक्रमणबाट मुक्त भइसकेका छन्। कोरोना संक्रमण भएको एक महिनापछि उनमा बर्डफ्लुको उक्त भेरियन्ट देखिएको हो। यो संक्रमण एक मानिसबाट अर्कोमा सजिलै नसर्ने बताइएको छ।

Hardik ivf

चीनको नेशनल हेल्थ कमिसन (एनएचसी) ले उल्लेख गरेको छ, ‘एच१०एन३ भेरियन्ट कहिलेकाँही कुखुराबाट मानिसमा सर्न सक्ने संक्रमण भए पनि विश्वभर कुनै मानिसमा देखिएको थिएन।’ यो भेरियन्ट ठूलो संख्यामा फैलिने जोखिम निकै कम हुने एनएचसीले बताएको छ।

यसअघि फेब्रुअरीमा बर्डफ्लुको एच५एन८ भेरियन्टको संक्रमण मानिसमा रुसमा पहिलोपटक देखिएको थियो। (एजेन्सी)

प्रकाशित मिति: १२:२४ बजे, बुधबार, जेठ १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्