जापानले थप ८० करोड डलर कोभ्याक्सलाई अनुदान दिने

टाेकियाे, जेठ १९ : जापानले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स (कोभिड–१९ भ्याक्सिन ग्लोबल एक्सेस्) कार्यक्रलाई थप ८० करोड डलर अनुदान सहयोग गर्ने निर्णय गरेको छ।
जापानका प्रधानमन्त्री योशीहिडे सुगाले विश्व स्वास्थ्य संगठनको कोभक्स कार्यक्रमलाई मंगलबार थप ८० करोड डलर अनुदान सहयोग गर्ने निर्णय गरेका हुन्।
जापानले यसभन्दा पहिले पनि कोभक्स कार्यक्रमको लागी भनेर २० करोड डलर अनुदान सहयोग गरिसकेको छ।
सुगाले बुधबार अनलाइन कोभाक्स शिखर सम्मेलन सञ्चालन गर्ने छन् भने अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिस, बिल गेट्स र सात मुलुकको प्रतिनिधिहरू पनि सहभागी हुनेछन् ।
विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रको लागी अन्य मुलुक र संगठनले सहयोग गर्ने भनी गरेको प्रतिबद्धतालाई अझ बढाउन आह्वान गर्ने शिखर सम्मेलनको उद्देश्य रहेको सुगाले बताएका छन्।
‘विश्वव्यापी रुपमा खोपको सहज पहुँचको लागी विश्व स्वास्थ्य संगठनले कोभ्यास कार्यक्रम सञ्चालन गरेको छ । सबै मुलुकले यस कार्यक्रम सहभागीता जनाउनुपर्छ,’ सुगाले भने।












