चीनको सिनोभ्याक खोपले पनि पायो डब्ल्यूएचओको अनुमति
वासिङटन, जेठ १९ : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले मंगलबार चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोप सिनोभ्याकलाई आपतकालीन प्रयोगको लागी अनुमति दिएको छ । डब्ल्युएचओले यसभन्दा...
वासिङटन, जेठ १९ : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले मंगलबार चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोप सिनोभ्याकलाई आपतकालीन प्रयोगको लागी अनुमति दिएको छ ।
डब्ल्युएचओले यसभन्दा पहिले चीनको सिनोफार्म खोपलाई पनि आपतकालीन प्रयोगको लागी अनुमति दिएको थियो ।
डब्ल्युएचओले सिनोभ्याक खोपको प्रयोग १८ वर्ष भन्दा माथिका मानिसहरुमा प्रयोग गर्न सिफारिस गरेको छ। त्यस्तै, यो खोपको पहिलो डोज लगाएको दुई देखी चार साताभित्र दोस्रो डोज लगाउनु पर्ने डब्ल्युएचओले बताएको छ ।
‘आपतकालिन अनुमतीको अर्थ खोपले सुरक्षा, प्रभावकारिता र निर्माणको लागि अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गरेको हुनुपर्छ । सिनोभ्याकले सबै अन्तर्राष्ट्रिय मापदण्डहरू पुरा गरेको छ,’ डब्ल्यूएचओले भनेको छ ।
सिनोभ्याक खोपलाई दुई देखी आठ डिग्री सेल्ल्सियस तापक्रममा सुरक्षित राख्न सकिन्छ।
सिनोभ्याक खोप चिल्ली, ब्राजिल, इन्डोनेसिया, मेक्सिको, थाइल्याण्ड, र टर्की जस्ता मुलुकमा पहिले नै प्रयोग भइसकको छ।
चीनले एक करोड सिनोभ्याक खोप उत्पादन गरिसकेको बताएको छ। त्यस्तै, २०२१को अनत्यसम्म तीस करोड खोप उत्पादन गर्ने लक्ष्यको छ ।












