Kathmandu Press

देशको माया गर्ने जनशक्ति चाहियो: शिक्षामन्त्री पाेख्रेल

दाङ, असार ७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले शिक्षामा पहुँचको साथै गुणस्तरीयता खोज्नुपर्ने बताएका छन्।  

शनिबा....

देशको माया गर्ने जनशक्ति चाहियो: शिक्षामन्त्री पाेख्रेल

दाङ, असार ७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले शिक्षामा पहुँचको साथै गुणस्तरीयता खोज्नुपर्ने बताएका छन्।  

शनिबार दाङका दुई शैक्षिक संरचनाको भवन शिलान्यास कार्यक्रममा मन्त्री पोखरेलले विद्यालयमा बालबालिकालाई सिकाउने, टिकाउने र भविष्यमा काममा बिक्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताए।  

जीवनशैली भन्दा बाहिरको शिक्षा पद्दतिले नेपालमा शैक्षिक बेरोजगार उत्पादन भएको चर्चा गर्दै उनले अब शिक्षालाई श्रम, श्रमलाई सीप, सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोडेर लैजान आवश्यक रहेको बताए। 'सबैले उच्चशिक्षा लिन्छन् भन्ने छैन, तर अब माध्यमिक तह उत्तीर्ण भएर बाहिर निस्किँदा सीप सिकेर श्रम बजारमा आउनसक्ने वातावरण मिलाउनुपर्छ।'उनले भने। 

मन्त्री पाेख्रेलले भने,'अहिले २० प्रतिशत प्राविधिक र ८० प्रतिशत शिक्षा सैद्धान्तिक प्रदान हुँदै आएको छ। यो गलत छ।' “विद्यालय नसकिँदै युरोप जाने सपना पाल्ने जनशक्ति हैन, देशको माटोलाई माया गर्ने, स्वाधिन, स्वतन्त्रताको रक्षाका लागि काम गर्ने जनशक्ति उत्पादन आवश्यक छ”, मन्त्री पोख्रेलले भने।
 

प्रकाशित मिति: १६:३९ बजे, शनिबार, असार ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्