Kathmandu Press

थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको छः देउवा

काठमाडौं, जेठ १८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनप्रति...
थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको छः देउवा

काठमाडौं, जेठ १८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आज शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ पार्टी र आफ्ना व्यक्तिगत तर्फबाट शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

उदीयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल  थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको सभापति देउवाले जनाएका छन् । युवा राजनीतिकर्मी थापाको उपचारका क्रममा आज निधन भएको हो ।
 

प्रकाशित मिति: २०:१५ बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्