Kathmandu Press

पाकिस्तानको रावलपिंडीमा बढ्दो गर्मीसँगै खानेपानीको अभाव

पाकिस्तानको रावलपिंडीमा बढ्दो गर्मीसँगै खानेपानीको अभाव

रावलपिन्डी, १८ जेठ : तापक्रम बढ्दै जाँदा पाकिस्तानको रावलपिन्डीमा पानीको आपूर्तिमा अभाव देखिन थालेको छ ।  पानीको अभाव हुनुमा भूमिगत पानीको तह घट्नु र बाँधबाट प्रशस्त आपूर्ति नहुनुलाई कारक मानिएको छ। 

खानेपानी तथा सरसफाई निकाय (वासा) का प्रबन्ध निर्देशक राजा शौकत मेहमूदले पानीको अभावबारे भने, ‘गर्मीका कारण पानीको भूमिगत तह घटेपछि वितरणमा कमी भएको हो । रावलपिन्डी शहरमा दैनिक पाँच करोड ९० लाख ग्यालन पानीको आवश्यकता रहेकोमा हाल चार करोड ६० लाख ग्यालन आपूर्ति भइरहेको छ। उनले भूमिगत पानीको सतह ६५० फिट गहिराईमा झरेको छ भने रावल र खानपुर बाँधबाट हुने पानीको आपूर्तिमा गर्मीका कारण उल्लेख्य कटौती हुँदा अभाव बढेको बताए। 

प्रबन्ध निर्देशकले भने, ‘भूमिगत स्रोत र बाँधबाट आउने पानीको स्रोत शहरबासीको पानीको मुख्य स्रोत रहेको र खडेरीका कारण ती स्रोतहरूबाट आवश्यकता अनुसार पानीको मात्रा उपलब्ध नहुँदा समस्या देखिएको रावलपिंडी शहरका १६ लाख बासिन्दाको पानीको आवश्यकता पूरा गर्न स्थापित ४६० ट्युबवेलहरूबाट माग पूरा गर्न समस्या भइरहेको हो ।’ 

Hardik ivf

सहरमा यस पहिले पनि नागरिकले आवश्यकता अनुसार पानी पाइरहेका थिएनन् र खडेरी र गर्मी  बढ्दै जाँदा समस्या पनि बढिरहेको पनि उनले बताए ।

द एक्सप्रेस ट्रिब्यूनले मेहमूदलाई उद्धृत गर्दै भनेको छ, ‘खानेपानी आयोजनाको पहिलो चरण विगत दुई दशकदेखि थाँती रहेको छ र बारम्बार समीक्षा गरिए पनि सुरु गरिएको छैन ।’

इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) सरकारको तीन बर्षको अवधिमा पनि यो परियोजना छलफल र बैठकको हिस्सा मात्र रहेको र यसलाई सुरु गर्न कुनै ठोस प्रयास नगरिएको अधिकारीहरूले बताएका छन्।

पाकिस्तानका अन्य शहरी क्षेत्रहरू पनि पानीको संकटमा तीव्र रुपमा पर्दै गएका छन्। अप्रिलमा कराँचीमा ४० डिग्री सेल्सियस तापक्रम पुग्दा पानीको माग बढेको तर तीव्र अभाव भएको बताइएको थियो। 

यसैबीच, पाकिस्तानको सिन्ध प्रान्तमा गुड्डू ब्यारेजका प्रमुख इन्जिनियरले यस प्रान्त तथा बाँधमा ६० बर्षमा पहिलो पटक नराम्रो पानीको अभाव भइरहेका बताउँदै मे र जूनमा धान रोप्ने काममा नआउन पाकिस्तानी किसानहरूलाई सल्लाह दिएका थिए।  

इन्दु नदी प्रणाली प्राधिकरण (आईआरएसए) ले शनिबार पञ्जाब र सिन्ध प्रान्तहरूमा ३२ प्रतिशत मात्रा कम पठाउने निर्णय गरेको छ। 
 

प्रकाशित मिति: १५:४९ बजे, मंगलबार, जेठ १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्