अफ्रिकामा ४८ लाख बढी संक्रमित, एक तिहाई दक्षिण अफ्रिकामा
अदिश अबाबा, जेठ १८: अफ्रिकामा कोरोनाभाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ। अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी अफ्रिका) का अनुसार अफ्रिकामा...
अदिश अबाबा, जेठ १८: अफ्रिकामा कोरोनाभाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ। अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी अफ्रिका) का अनुसार अफ्रिकामा हालसम्म ४८ लाख तीस हजार दुई सय २९ जनामा संक्रमण पुष्टि भएको छ।
हालसम्म अफ्रिकामा एक लाख तीस हजार चार सय ५१ जना रहेको सिडिसी अफ्रिकाकाले जनाएको छ । यस्तै, संक्रमणमुक्त हुनेको संख्या ४३ लाख ६५ हजार दुई सय २७ छ ।
दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया, इथियोपिया र इजिप्टजस्ता देशमा संक्रमण धेरै रहेको सिडिसी अफ्रिकाले जनाएको छ। सबैभन्दा बढी संक्रमति रहेको दक्षिण अफ्रिकामा १६ लाख ५९ हजार ७० जना संक्रमित छन् । यस्तै, मोरक्कोमा पाँच लाख १९ हजार एक सय आठ, ट्युनिसियामा संक्रमितको संख्या तीन लाख ४४ हजार ६ सय ८८ छ ।
प्रकाशित मिति: १२:४८ बजे, मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












