Kathmandu Press

नेकपा सचिवालय बैठकः केन्द्रीय सदस्यको कार्यविभाजनबारे छलफल हुने

काठमाडौं, असार ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार दिउँसो....

नेकपा सचिवालय बैठकः केन्द्रीय सदस्यको कार्यविभाजनबारे छलफल हुने

काठमाडौं, असार ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार दिउँसो तीन बजेपछि बस्ने बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा छलफल हुनेछ।

बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टी एकताका बाँकी काम तथा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने तय भएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। 

यसअघि गत जेठ २३ गते बसेको बैठकमा पार्टी केन्द्रीय सदस्यको कार्यविभानका विषयमा छलफल पनि भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली युरोप भ्रमणमा जानुपर्ने र  कार्यविभाजनबारे तयारी नपुगेको भन्दै स्थगित भएको थियो। 

नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजनबारे टुंगो लगाउन सचिवालयको बैठक  पटक÷पटक बसे पनि टुँगो लाग्न सकेको छैन। जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणका अन्य काम टुङग्याउने तयारी नेकपाको छ।
 

प्रकाशित मिति: १४:३४ बजे, शनिबार, असार ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्