Kathmandu Press

पाकिस्तानमा ठूलो आँधीबेरी, १० जनाको मृत्यु

इस्लामाबाद, जेठ १८ : पाकिस्तानको पन्जाब प्रान्तमा सोमबार चट्याङसहितको ठूलो आँधीबेरी आएको छ । सो आँधीबेरीका कारण १० जनाको मृत्यु भएको छ भने...
पाकिस्तानमा ठूलो आँधीबेरी, १० जनाको मृत्यु

इस्लामाबाद, जेठ १८ : पाकिस्तानको पन्जाब प्रान्तमा सोमबार चट्याङसहितको ठूलो आँधीबेरी आएको छ । सो आँधीबेरीका कारण १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

पन्जाबको ओकारा शहरको तारिकबाद क्षेत्रमा आँधीबेरीको करण घरको छत भत्किदाँ आठ जनाको मृत्युको भएको थियो भने तीन जना घाइते भएका थिए । मृत्यु हुने मध्ये  तीन महिला, चार बालबालिका र एक जना पुरुष रहेको प्रहरीले जनाएको छ।

Hardik ivf

यस्तै, ओकाराकै हुजरा शाह मुकिम क्षेत्रमा पर्खाल भत्कँदा एक व्यक्तिको मृत्यु भएका छ भने टोबाटेक सिंह जिल्लामा चट्याङमा परि अर्का एक व्यक्तिको मृत्यु भएको पन्जाब पान्तीय प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १२:११ बजे, मंगलबार, जेठ १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्