Kathmandu Press

कोरोना संक्रमणबाट अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन

कोरोना संक्रमणबाट अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन

काठमाडौं, जेठ १८ : अर्थशास्त्री डा.गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमणबाट पीडित थापाको सोमबार बिहान  शहीद गंगालाल अस्पतालमा निधन भएको हो ।

थापाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार समेत गरिएको छ। तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको सल्लाहकार रहेका थापा नेपाल राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक हुन् । सुरेन्द्र पाण्डे अर्थमन्त्री भएका बेला उनलाई सरकारले एशियाली विकास बैंकमा काम गर्ने अवसर दिएको थियो।

नेकपा एमालेको अर्थ योजना, अनुसन्धान विभागको पाण्डे अध्यक्ष र थापा सचिव रहेका थिए । 

पोखरामा जन्मिएका थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति: ११:५२ बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्