Kathmandu Press

लागुऔषधसहित स्कुटरमा सवार दुई पक्राउ

कैलाली, जेठ १८ : कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाटाबाट लागुऔषध ब्राउन सुगरसहित स्कुटरमा सवार दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ।दुधुवाफाटास्थित सडकखण्डमा से७प ८६४७ नंको...
लागुऔषधसहित स्कुटरमा सवार दुई पक्राउ

कैलाली, जेठ १८ : कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाटाबाट लागुऔषध ब्राउन सुगरसहित स्कुटरमा सवार दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ।

दुधुवाफाटास्थित सडकखण्डमा से७प ८६४७ नंको स्कुटर जाँचका क्रममा स्कुटरमा सवार सोही नगरपालिका–१ गौनियाका गणेश कोली  र वडा नं २ रजवाराका मनोज मल्ललाई पाँच ग्राम लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

उनीहरुविरुद्ध लागुऔषध ब्राउन सुगर शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ।
 

प्रकाशित मिति: ०९:५५ बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्