Kathmandu Press

हिजोको सोच र कार्यशैलीबाट परिवर्तन असम्भव: मुख्यमन्त्री भट्ट

लम्की, असार ७ :  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिगो विकास र समृद्धिका लागि सोचमा परिवर्तन आवश्यक रहेको बताएका छन्। 

....
हिजोको सोच र कार्यशैलीबाट परिवर्तन असम्भव: मुख्यमन्त्री भट्ट

लम्की, असार ७ :  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिगो विकास र समृद्धिका लागि सोचमा परिवर्तन आवश्यक रहेको बताएका छन्। 

 कैलालीको टीकापुर नगरपालिकाको पाँचौं नगरसभा अधिवेशनमा शनिबार विशेष सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले हिजोको सोच, कार्यशैली र चिन्तनबाट अघि बढेका विकास सम्भव नरहेको बताए। ‘नागरिकले परिवर्तन चाहेका छन्। अब हामीमा नयाँ सोच, फरक कार्यशैली, काम गर्ने फरक तौरतरिका आवश्यक छ,’ मुख्यमन्त्री भट्टले भने,‘जनताका चाहना पूरा गर्न जटिलता छ, समस्या पनि छन्। यी कठिनाइसँग जुध्न सोच परिवर्तन गर्न आवश्यक छ।’ 

मुख्यमन्त्री भट्टले जनप्रतिनिधि, प्रशासनिक कर्मचारीमा सबैभन्दा पहिले परिवर्तन आउन आवश्यक रहेको बताए। उनले हिजोको व्यवस्था, हिजोको कार्यशैलीमा काम गरेमा जनताका अपेक्षा पूरा गर्न कठिन रहेको बताए।  ‘स्थानीय तहमा योजना छनोटको समय छ। विकास प्रभावकारी नभएको गुनासो छ’ मुख्यमन्त्रीले भने, ‘अब योजना छनोटदेखि नै भूगोल र वस्तुस्थिति सुहाउँदो योजना छानौँ, कम्प्युटरमा बसेर योजना बनाउँदा विकास दिगो भएन।’

उनले योजना कार्यान्वय परिपाटीसमेत फितलो रहेको स्वीकार गर्दै कार्यान्वयन कार्य परिमाणमुखी बनाउन सुशासन, पारदर्शीतामा जोड दिनुपर्ने बताए। ‘प्राविधिक, प्रशासनिक कर्मचारी र राजनीतिक व्यक्तिबीच तालमेल मिलेको छैन, तालमेल मिलाएर काम गर्न आग्रह गर्दछु’ मुख्यमन्त्री भट्टले भने,‘प्रदेश सरकारले भ्रष्टाचार न्यूनीकरणको अभियान चलाएको छ यसमा स्थानीय सरकारका प्रतिनिधिले साथ दिनुपर्छ।’

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले आगामी आर्थिक वर्ष २०७६-७७ का लागि नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका छन्। नीति तथा कार्यक्रममा नगर गौरवका योजनाअन्तर्गत भौतिक पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, शैक्षिक विकास, आर्थिक विकासमा जोड दिएको छ। 

प्रकाशित मिति: १३:५५ बजे, शनिबार, असार ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्