Kathmandu Press

कांग्रेस महामन्त्री कोइरालाद्वारा नवलपुरमा १३ लाखको सहयोग

कांग्रेस महामन्त्री कोइरालाद्वारा नवलपुरमा १३ लाखको सहयोग

काठमाडौं, जेठ १८ : नवलपुर क्षेत्र नम्बर १ का  संघीय सांसद एवम् नेपाली काँग्रेसका महामन्त्री डा. शसांक कोइरालाले कोभिड–१९ महामारी नियन्त्रणका लागि १३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन्।

डा. कोइरालाले स्वीकय सचिव भरत तिवारीमार्फत नवलपुरस्थित गैंडाकोट नगर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, मध्यविन्दु जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्र र नेपाल पत्रकार महासंघ नवलपुरलाई व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री पठाएका हुन्। 

जिल्लामा बढ्दो संक्रमण र स्वास्थ्य सामग्रीको अभावलाई मध्येनजर गर्दै डा. कोइरालाले २ थान आइसीयू बेड, १० थान अक्सिजन सिलिन्डर, ६ थान अक्सिजन कन्सट्रेटर, २३ हजार सर्जिकल मास्क, ५६० थान फेसशिल्ड, २३० लिटर सेनिटाईजर, २५० थान पिपिई स्वकीय सचिव तिवारीमार्फत जिल्लामै हस्तान्तरण गरेका हुन्। 

महामन्त्री डा. कोइरालाले यसअघि कोरोनाको पहिलो लहरका कारण काठमाडौंदेखि जिल्लासम्म पुग्न नसकेका विद्यार्थी तथा नागरिकहरुलाई जिल्लासम्म पुर्याउने, जिल्लामा क्रियाशिल पत्रकारहरुलाई मास्क, स्यानिटाईजर, थर्मलगन प्रदान गर्ने साथै पत्रकारहरुको कोरोना विमा गर्ने, न्युन आय भएका नागरिकहरुलाई राहत प्रदान गर्ने तथा जिल्ला अस्पताललाई पिपिई, स्यानिटाईजर, थर्मलगन, मास्क हस्तान्तरण गरेका थिए।

प्रकाशित मिति: ०८:१० बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्