Kathmandu Press

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया, जेठ १८ : बर्दियामा पाटेबाघको आक्रमणमा परी एक जनाको ज्यान गएको छ। जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको...
बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया, जेठ १८ : बर्दियामा पाटेबाघको आक्रमणमा परी एक जनाको ज्यान गएको छ। 

जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो। खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए।

प्रकाशित मिति: ०६:५४ बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्