Kathmandu Press

स्वास्थ्य मन्त्रालयको मापदण्ड उल्लंघन गर्ने ३ सय १५ जना कारबाहीमा 

काठमाडौं, जेठ १७ : विभिन्न जिल्लाहरुमा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय २० वटा...
स्वास्थ्य मन्त्रालयको मापदण्ड उल्लंघन गर्ने ३ सय १५ जना कारबाहीमा 

काठमाडौं, जेठ १७ : विभिन्न जिल्लाहरुमा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय २० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीमध्ये १ हजार ३० वटा गाडी र १ हजार ६ सय ९० वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

यस्तै, कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ३ सय १५ जनालाई कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम ९१ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ ।

साथै ३ हजार ३ सय २४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८९ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ७ हजार ३ सय ५३ जनालाई सचेत गराइएको छ ।

प्रकाशित मिति: १९:२२ बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्